दफा २८९
गाई, गोरु मार्न वा कुट्न नहुने

(१) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैदहुनेछ ।
(३) कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजाररुपैयाँँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आप्mनो वा अरुको जिउ वा ज्यानमापु¥याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाईवा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।